जनै पूर्णिमाको दिन खाइने शक्तिवर्दक खान्की क्वाटीको महत्व

हरेक पर्वहरुको आफनो पहिचान आफनो बिशेसता हुन्छ । ति पर्वशहरु मध्ये जनै पूर्णिमा पनि महत्वपुर्ण चाड हो ।

पर्व अनुसार हाम्रो भान्सामा भिन्न भिन्ने खानेकुरा पाक्ने गर्छ । असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर भनेजस्तै जनै पूर्णिमाको दिन खाइने विशेष खान्की हो, क्वाटी ।

क्वाटीमा मास, मुँग, भटमास, चना, सीमी, बकुल्ला, बोडी, सानो केराउ, ठूलो केराउ जस्ता गेडागुडी मिसाइएको हुन्छ । क्वाटीलाई भिजाएर अंकुराउन थालेपछि यसको झोल बनाएर खाने परम्परा छ ।

त्यसैले क्वाटी खानु केहि दिनअघि नै यसलाई भिजाएर राख्ने गरिन्छ ।क्वाटीको खास अर्थ तातो झोल पदार्थ भन्ने हुन्छ । धार्मिक मान्यता अनुसार नौ थरीका गेडागुडीको मिश्रण गरी, त्यसको टुसा उमारेर प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाको रातमा क्वाटी खाने गरिन्छ ।

क्वाटी जनै पूर्णिमाको विशेषता नै हो ।खासगरी वर्षायाममा खेती किसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले पनि क्वाटीको प्रचलन सुरु भएको मानिन्छ ।

क्वाटीबाट पूर्ण प्रोटिन पाइने पोषणविदहरुको भनार्ए छ । यसलाई शक्तिवर्दक खान्कीको रुपमा लिइन्छ । क्वाटी खाँदा पेट प्राकृतिक रुपले नै सफा , कब्जियतबाट जोगाउँने भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ ।क्वाटी रेसादार खानाको स्रोत हो।

क्वाँटी खाँदा हुने केही फाइदाहरु यस्ता रहेका छन्:

–कब्जियत हटाउँनुका साथै पाचनशक्तिमा सुधार गर्ने

–उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग

–कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग

–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार

–रोग प्रतिरोधात्मक शक्ति बढाउँने

–स्मरणशक्ति वृद्धि

–मानसिक स्वास्थ्यमा सुधार

–रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा

–बच्चाहरूको वृद्धि विकासमा सहयोग

–पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments