खोरभित्र चितुवा पसेर दशैंका लागि पालिएका ७ खसीसहित २१ बाख्रा मार्‍यो

काठमाडौँ: बर्दियामा गएराति चितुवा खोरभित्र पसेर एकै पटक २१ वटा खसी/बाख्रा मारिदिएको छ ।

गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र गएराति चितुवा पसेर खसी/बाख्रा मारेको हो ।

व्यवसायी पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो ।

बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको र एउटा बाख्रा हराइरहेको पौडेलले बताए । एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उनले बताए ।

खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए ।

वनका कर्मचारीहरुको रोहबरमा मृत बाख्रालाई गाड्न लागिएको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?