हल्लाका आधारमा चिनियाँ धानको बिऊ लगाएका भक्तपुरका किसान मारमा

काठमाडौं: चिनियाँ धानको बिऊ लगाउँदा भक्तपुरका किसानहरुले भुसमात्र भित्राएका छन् । रोपनीमा १० मुरीसम्म फलेको हल्लाका आधारमा चिनियाँ बिऊ लगाएका किसानहरु बाला लाग्दा धानमा भुसमात्र भएपछि नोक्शानीमा परेका हुन् ।

डीवाई २८ नामको धानको बिऊ लगाएर रोपनीमा १० मुरी फल्ने आशामा परेका किसान दाना नलाग्दा निराश भएका हुन् । यस्ता धान चाँगुनारायण क्षेत्रमा बढी लगाइएको छ ।

पछिल्लो समय देशमा विदेशी बिऊले रैथाने बिऊलाई प्रतिस्थापन गर्न थालेको छ । विदेशी बिऊ एक वर्ष फल्ने र अर्को वर्ष कम फल्ने गरेको छ । रैथाने बिऊहरु हरेक वर्ष समान प्रकारले फल्ने गर्छ ।

कतिपय देशले बाह्य मुलुकबाट बिऊ आयातलाई प्रतिबन्ध लगाएका छन् । बिऊ लुकाईछिपाई लानेहरुलाई कडा जेल सजायसम्म छ । नेपालमा भने विदेशबाट जथाभावी बिऊ भित्राउने प्रवृत्ति बढेको छ । यसले रैथाने धान लोप हुने खतरा बढेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?