‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट तीन किसान सम्मानित

लोपोन्मुख प्रजातिका माछा

त्रिशूली: वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा संलग्न भएका दुईसहित तीन किसान नुवाकोटमा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट बिहीबार सम्मानित भएका छन् ।कृषि क्षेत्रको विकासमा पु¥याएको योगदानस्वरुप नुवाकोटका तीन किसानलाई कृषि ज्ञान केन्द्रले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट सम्मान गरेको केन्द्र प्रमुख केशव खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका उत्कृष्ट किसानका रुपमा बेलकोटगढी नगरपालिका–११ का हरिप्रसाद अधिकारी, ककनी गाउँपालिका–७ का बलराम पाठक र म्यागङ गापा–३ का प्रकाश तामाङलाई नगद रु १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कोरोनाको कारण भारतमा रोजगारी खोसिएपछि अघिल्लो वर्ष भदौमा गाउँ फर्किएका ककनीका बाख्रापालक किसान पाठक र कतारमा रोजगारी गरेर फर्केसँगै रोजगारीका लागि युरोप जान ठिक्क बनाएको पैसाले टनेल बनाएर बेमौसमी तरकारी फलाउन थालेका म्यागङका किसान तामाङसहित ट्राउट माछापालक किसान अधिकारी नुवाकोटका उत्कृष्ट किसान घोषित भएका छन् ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?