कृषि प्रधान देश नेपाल ? जहाँ ६ महिनामै ४२ अर्बको खाद्यान्न आयात

कृषि प्रधान देश नेपाल ? जसले एक वर्षमा किन्छ ५० अर्बको चामल

काठमाडौं :नेपाल कृषि प्रधान देश हो। विद्यालयस्तरमा पढाउँदा यसै भनेर पढाइयो । कलेज पढ्दा त्यही कुरा दोहोर्याइयो ।

अहिले पनि सरकारी आधिकारिक दस्ताबेजहरुमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइ जति रहेको र दुई तिहाइभन्दा बढी जनता कृषिमै आश्रित रहेको उल्लेख गरिएको पाइन्छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो ।

मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । ४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ ।

यस्तै ६ महिनामा मुलुकमा २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी र १२ अर्ब आठ करोड रुपैयाँको फलफूल आयात गरेको छ । यस्तै ७८ अर्ब रुपैयाँको घिउ, तेल र पशुपक्षीजन्य वस्तु आयात भएको छ । पाँच अर्ब रुपैयाँको चिया, कफी, चार अर्ब ९५ करोड रुपैयाँको चिनी, १५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ चाहिने कच्चा पदार्थ र झन्डै दुई अर्ब रुपैयाँको पेय पदार्थ आयात भएको विभागले जनाएको छ । यस्तै ४० अर्ब रुपैयाँको औषधी र कच्चा पदार्थ, १० अर्ब रुपैयाँको बिउबिजन, ३६ अर्ब रुपैयाँको प्लास्टिकलगायतका वस्तु आयात भएको छ ।

भारत, चीन, मलेसिया, फिलिपिन्स, ताइवान, कोरिया, इन्डोनेसियालगायतका देशबाट २६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको चामल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । ६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

यो वर्ष बेमौसमी वर्षाको कारणले गर्दा यो वर्ष झन्डै ५ लाख टन धान उत्पादनमा कमी आएको छ । गत असोज ३१ र कात्तिक १÷२ मा परेको वर्षाले बाली सखाप पारेको थियो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार २०७८÷०७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ भएकोमा धान उत्पादन ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार टनमा झरेको छ । अघिल्लो वर्षको तुलनामा ४ लाख ९१ हजार ८५ टन कमी भएको मन्त्रालयले जानकारी दिए । गत वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो ।

अघिल्लो वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको थियो । यो वर्ष समयमै मनसुन सक्रिय भएपछि गत वर्षको तुलनामा ३ हजार ९ सय ४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?