आज यी प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात


काठमाडाैं, १८ माघ

:नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएकाे छ । मंगलबार बिहान माैसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे हाे ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?