मृग मारी लैजादै गरेको अवस्थामा भरुवा बन्दुक सहित पक्राउ

संखुवासभा: चैनपुर नगरपालिका-७ वालेश्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित सोही नगरपालिका-७ फलाटे बस्ने सभापोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिल बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त जंगलमा जंगली जनावरको सिकार हुँदै छ भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले दिल बहादुरलाई मृग मारी घरतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments