आजको मौसमः केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं: हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन ।

आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो भने देशका पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेगगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेभएको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?