कृषिप्रधान देशमा सात महिनामा १३ अर्बको मकै आयात

काठमाडौं: नेपालभित्रै उत्पादन गर्न सकिने मकै ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ ।

एकातिर स्थानीय उत्पादन पनि बढेको छ भने अर्कोतिर आयात पनि बढेको हो । स्थानीय उतपादनले माग धान्न नसकेपछि वार्षिक १५ देखि १६ अर्ब रुपैयाँ बराबरको मकै आयात हुने गरेको छ । कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन बढाउन नसक्दा ठूलो परिमाणमा आयात हुने गरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा १३ अर्ब ४ करोड ४३ लाख रुपैयाँ बराबरको ३ लाख ७१ हजार ९ सय ५६ टन मकै आयात भएको हो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?