रौतहटमा उखु उत्पादन आधा घट्यो

काठमाडौं: यस वर्ष रौतहटमा उखु उत्पादन आधा घटेको छ । उखु किसानको भुक्तानीमा ढिलाई हुने र चिनी मिल नै बन्द भएपछि रौतहटका किसानले उखु खेती छाडेका हुन् ।

रौतहटको श्रीराम सुगर मिल्स एक वर्षदेखि बन्द रहेको छ । रौतहटकै बाबा बैजुनाथ चिनी मिल सञ्चालनमा रहेपनि उखु उत्पादन घटेपछि लक्ष्य पूरा गर्न सकेको छैन । २० लाख क्विन्टल उखु उत्पादनको लक्ष्य दिएको मिलले यस वर्ष ६ लाख क्विन्टल मात्र उखु क्रसिङ गर्न पाएको छ ।

उखु अभावका कारण मिल पूरा सिजन पनि चल्न सकेन । रौतहटमा ११ देखि १२ हजार बिघा क्षेत्रफलमा उखु खेती हुँदै आएकोमा यस वर्ष ६ हजार बिघा भन्दा कम क्षेत्रमा उखु लगाइएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

उता, एक वर्ष पहिलो बन्द भएको श्रीराम सुगर मिल्सले किसानको ३ करोड रुपैँयाको बक्यौता भुक्तनी गरेको छैन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?