आजको मौसमः हावाहुरी चल्ने सम्भावना

काठमाण्डाै: आज पनि हिजोको जस्तै हावाहुरी चल्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

स्थानीय वायुसँगै माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हावाहुरी र मेघगर्जन हुने बेलुकीको सयममा सकेसम्म हिँडडुल नगर्न र खेतबारीको काम नगर्न मौसमविद्को सुझाव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?