आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडाैं
माैसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेकाे चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव नेपालमा परेकाे छ साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेकाे छ ।
जसकारण आज सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
राति प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
