ओखलढुङगामा जंगली च्याउ खाँदा एकै परिवारका २ जनाको मृत्यु, २ बिरामी

ओखलढुङगा: ओखलढुङगाको चम्पादेवी गाउँपालिका-७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन् ।

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया बिष्ट, निजको छोरा २७ बर्षीय राजन बिष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमारी लामिछाने र ३ बर्षीया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो ।

अन्य तिन जनालाई थप उपचारको लागी काठमाण्डौ टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मनमाया बिष्टको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?