रोपाइँ सुरु हुनै लाग्दा कञ्चनपुरका किसानलाई मलको अभाव

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

कञ्चनपुर: रोपाइँ सुरु हुनै लाग्दा कञ्चनपुरका किसानलाई रासायनिक मल डिएपीको अभाव भएको छ । मलको अभावमै किसान रोपाइँ गर्न थालेका छन्। अनुदानको मल नपाएका किसानले विगतदेखि नै भारतबाट आउने मलको प्रयोग गरी रोपाइँ गर्दै आए पनि यस वर्ष प्रहरीले भारतीय मल ल्याउने कार्यमा कडाई गरेपछि किसानले मलविना नै रोपाइँ गर्न थालेका हुन् ।

“भारतबाट ठूलो मात्रामा मल तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्दैन”, स्थानीय किसान भन्छन्, “सीमावर्ती बजार क्षेत्रमा अवैधरुपमा भित्र्याइएको भारतीय मल ठूलो परिमाणमा राखिएको छ । किसानले ती क्षेत्रबाट मल खरिद गरेर ल्याए प्रहरीले नियन्त्रणमा लिइ भन्सारमा बुझाउ छ। तस्करी गर्नेलाई छुट छ ।”
चार दिनअघि मात्रै बेलौरी नगरपालिकाको कलकत्ता क्षेत्रबाट मल ल्याउँदै गरेका पाँच जना किसानको मल प्रहरीले शुक्लाफाँटा–१ बन्साहबाट नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ। किसान भन्छन्, “ नेपाली व्यापारीबाटै खरिद गरेर ल्याएका हौँ भनेर अनुरोध गर्दासमेत मल नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ।” “सरकारले मलको पर्याप्त व्यवस्था गर्नुप¥यो”, किसान विजय चौधरीले भने ।

विकल्पका रुपमा भारतीय मल प्रयोग गर्न दिनुप¥यो। भारतीय मल ल्याउनै नदिने र अनुदानको मल उपलब्ध गराउनै नसक्ने हो भने धानको उत्पादन बढाउन सकिँदैन ।” अर्का किसान महादेव चौधरी भन्नुहुन्छ, “सरकारले गुणस्तरीय रासायनिक मलको व्यवस्था गर्नका लागि प्रत्येक प्रदेशमा एक वटा मल कारखाना खोल्नै पर्छ । स्वदेशमै मलको उत्पादन भए बाह्य क्षेत्रमा मुख ताक्नुपर्ने बाध्यता हट्छ ।”

केही दिनअघि मात्रै थोरैमात्रामा अनुदानको डिएपी मल आए पनि त्यो मल सबै किसानले पाउन सकेका छैनन्। थोरै किसानले मात्रै मल पाएका छन। रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टटे«डिङ कर्पोरेसन लिमिटेडसँगसमेत मलको मौज्दात छैन ।

कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख बलबहादुर शाहका अनुसार गहुँखेतीका लागि ५४६ मेट्रिकटन र धानखेतीका लागि ५८३ मेट्रिकटन रासायनिक मल डिएपी आपूर्ति हुने क्रममा रहेको छ। निर्धारण गरिएको कोटामध्ये थोरै मात्रै डिएपी मल धानखेतीका लागि आपूर्ति भएको छ ।

मल आइपुग्न अझै एक हप्ता बढी समय किसानले कुर्नुपर्ने भएको छ। कम्पनीका कार्यालय प्रमुख शाहले भने, “मल अझै आइपुगेको छैन। मौज्दात पनि छैन। मल आइपुग्न असारको दोस्रो हप्ता किसानले कुर्नुपर्ने देखिएको छ ।”

उनका अनुसार असारको तेस्रो हप्तापछि मात्रै रासायनिक मल युरिया आइपुग्छ। साल्टटे«डिङ कर्पोरेसन लिमिटेडको शाखा कार्यालय महेन्द्रनगरसँग समेत मलको मौज्दात छैन। कार्यालयका प्रमुख दीपक भट्टका अनुसार रासायनिक मल डिएपी असारको पहिलो हप्तामै आइपुग्नेछ। कर्पोरेसनले ८३३ मेट्रिकटन डिएपी मल आपूर्ति गर्न लागेको छ ।

“हप्ता दिनभित्रै पुरै मल आइपुग्छ”, उनले भने, “त्यसपछि वितरणको कार्य हुन्छ।” कर्पोरेसनसँग सिङ्गल सुपर फास्फेट(एसएसपी) र पोटास मल मात्रै मौज्दातका रुपमा रहेको छ। मलको आपूर्ति गर्ने दुवै कम्पनीले सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएका छन्। यहाँ कृषि सामग्री कम्पनीले ७० र कर्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?