कृषि पेशाबाटै छोरोले इञ्जीनियर र छोरीले नर्स विषय पढे

किसानलाई भैँसी

लेखनाथ : कास्कीको लेखनाथस्थित अघौँ चोकमा भैँसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गर्छिन् म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा । छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट विसं २०६३ मा पोखरा झरेकी उनलाई कृषि पेशाले छोटो समयमै करोडपति बनाइदिएको हो । विसं २०७१ मा लेखनाथको अर्घौ चोकमा १७ रोपनी जग्गा भाडामा लिएर केही हजार रकमबाट सुरु भएको शेरपूर्जाको कृषि फार्मको पूँजी अहिले करिब तीन करोड पुगेको छ ।

उनले सुरुमा दिदीबहिनी कृषि फार्म सञ्चालनमा ल्याएर तरकारी खेतीबाट आफ्नो कृषि अगाडि बढाएकी थिइन् । नौ वर्षकै अवधिमा अहिले शेरपूर्जाको फार्ममा १८ लैना भैँसी, एउटा राँगो, चार लैना गाई, १५ पाडा–पाडी, चार बाच्छा–बाच्छी, १५ रोपनी क्षे शेरपूर्जाले भैँसीका लागि थप ११ रोपनी जमिनमा घाँसखेतीसमेत गरेकी छन् । उनले भनिन्, ‘दूध तथा तरकारी बिक्रीबाट मासिक तीन लाखभन्दा बढी आम्दानी हुने गरेको छ, खर्च कटाएर मासिक रु डेढ लाख बचत हुन्छ । उत्पादित तरकारीले विस्तारै बजार लिन थालेपछि गोबरका लागि भैँसीपालन गर्ने सोच बनाउँदा यसमा समेत मेरो आकर्षण बढ्यो ।’

तरकारी खेती गर्ने क्रममा एक ट्र्याक्टर मलका लागि सात हजार बुझाउँदा शेरपूर्जाको मन खिन्न भयो र सोच्न थालिन् गोबरका लागि भए पनि अब एउटा भैँसी पाल्नुपर्छ । तरकारी खेती सुरु गरेको तीन वर्षपछि विसं २०७३ मा उनले भैँसीपालन गर्ने सोच बनाइन् । शेरपूर्जासँग भैँसी किन्ने पैसा थिएन । भैँसी किनेपछि दूध पनि बिक्री गर्न पाइने तरकारी उत्पादनका लागि गोबर पनि हुने भएकाले ऋण गरेरै भए पनि तराईबाट एउटा लैनो जर्सी भैँसी किनेर ल्याइन् । मेहेनत गर्दै अगाडि बढेकी शेरपूर्जा अहिले गाउँकै नमूना महिला कृषि उद्यमी बनेकी छन्छ । दुई वर्ष अगाडिदेखि उनले बाख्रापालनसमेत सुरु गर्दै आएकी छन् ।

त्यतिबेला शेरपूर्जाको श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा थिए । श्रीमान्को कमाइले कोठामा बसेर खान र छोराछोरी बोर्डिङ पढाउन कठिन भइरहेकाले छोराछोरीको पढाइ खर्च जुटाउन र बिहान–बेलुका हातमुख जोड्नका लागि मैले पनि केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्न थाल्यो ।

पोखरा–२७ को लेखनाथस्थित खराने फाँटमा बस्ने क्रममा उनले विसं २०७१ मा पोखरा–२७ कै लेखनाथस्थित अघौँमा १७ रोपनी जग्गा भाडामा लिएर दिदी–बहिनी कृषि फार्म सञ्चालनमा ल्याइन् । फार्ममा गोलभेँडा, काक्रा, घिरौला, करेला, साग, काउली, बन्दालगायत तरकारी उत्पादन हुन थाल्यो ।

दुई–तीन महिला उनका तरकारी फार्ममा काम गर्छन् । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म शेरपूर्जा बारीमै खटिन्छिन् । किनेको एउटा भैसीको दूध पनि फार्मबाटै बिक्री हुन थाल्यो, मूल्य राम्रै पाएपछि त्यो भैँसी खरिद गरेको दुई वर्षपछि उनले २०७५ मा भैँसी थप्ने योजना बनाइन् । तरकारी खेती विस्तारै अगाडि बढ्दै थियो भैँसी पनि थपेर आम्दानी वृद्धि गर्ने योजना थियो, शेरपूर्जाको तर पैसा थिएन ।

भैँसी खरिदका लागि ऋण लिन विभिन्न बैंक चाहर्ने क्रममा बङ्गलादेश बैंकले ऋण दियो । भैँसी खरिद र तरकारी खेती विस्तार गर्नका लागि शेरपूर्जालाई उक्त बैंकले ५० लाख रुपैयाँ दिने निर्णय गर्‍यो । बैंकबाट लिएको पैसामध्ये ३० लाख भैँसी खरिद र २० लाख तरकारीको टनेल बनाउन प्रयोग गरिन्। शेरपूर्जाले ऋण लिएको चार वर्षमै ऋण घटाएर १० लाखमा पुर्‍याएकी थिइन्।

छोराछोरी पढाउन र खान पुगेको छ, श्रीमान् पनि बिदेशबाट आएर पोखरा–२७ मा नै किराना पसल गरेका छन्। अब विस्तारै बाख्राबाट पनि आम्दानी हुन्छ । भैँसीको दूध फार्मबाट प्रतिलिटर एक सय २० मा बिक्री हुने गरेको र केही दूध डेरीले बिक्रीका लागि लाने गरेको उनले बताइन् ।

‘अहिले मेरो फार्मको पूँजीको मूल्याङ्कन तीन करोड गरिएको छ । सत्र रोपनी जमिनबाट बढाएर २९ रोपनी जग्गा भाडामा लिएको छु । १७ रोपनीमा भैँसी, तरकारी र बाख्रा फार्म छ भने ११ रोपनीमा भैँसीका लागि घाँस उत्पादन गरेकी छु । कृषि पेशाबाटै छोरोले इञ्जीनियर र छोरीले नर्स विषय पढे,’ शेरपूर्जाले भनिन्, ‘लेखनाथमा आफ्नै एउटा घर पनि छ ।’ कृषि कार्यालयले केही मात्रामा आर्थिक अनुदान दिएको छ । भैँसीपालन र तरकारी खेतीको तालिम पनि लिएकी थिइन्। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?