सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाकाे सम्भावना

भारी वर्षा

काठमाडौं : हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ ।

आज (शनिबार) बिहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

शनिबार दिउँसो भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार राति भने देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेभएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने भएको महाशाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?