सिन्धुलीमा १ खर्ब रुपैयाँमा रासायनिक मल कारखाना निर्माण हुने

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

सिन्धुली : बाग्मती प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण गर्ने भएको छ ।

१ खर्ब रुपैयाँ लाग्ने अनुुमान गरिएको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी उपयुक्त स्थान हुने भएकाे हाे । थाईल्याण्डको मछाडा इन्टरनेशनलले मल कारखाना संचालन गर्ने गरी काम अघि बढाएकाे बाग्मती प्रदेश सरकारले जनाएकाे छ ।

पानी र बिजुली बाहेक अन्य कच्चा पदार्थ नचाहिने भएकाले सिन्धुलीको हरिहरपुरगढी क्षेत्र उद्योगका लागि उपयुक्त स्थान रहेको बताइएको छ । नेपालमा वर्षेनी रासायनिक मलको हाहाकार हुँदै आएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?