खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

चैतेधान

बर्दिया, १३ मङ्सिर (रासस) :राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ ।

गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन अहिले मल र बीउको जोहो गर्न पनि धान बेच्न परेको उहाँको भनाइ छ ।

सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपनि केन्द्रीय कार्यालयबाट आवश्यक बजेट र निर्देशन नआएको र आफू त्यसको पर्खाइमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुर केन्द्र प्रमुख धर्मराज पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ माथिको निर्देशन आउनासाथ धान खरिद प्रक्रिया अघि बढाउन छौँ ।”

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरिया बर्दियाको तथ्याङ्क अनुसार यसवर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्ष भन्दा बर्दियामा यस पटक धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । पश्चिम नेपालमा धेरै धान उत्पादन हुनेमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पर्दछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?