आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौं:हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ
आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै आज राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ मंसिर २४ गते (शनिबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशभर मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ मंसिर २५ गते (आईतबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।
राती: मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्विनी प्रदेशहरुमा आन्शिक वदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।
