धान बिक्रीका लागि पुगेका किसान
सरकारले किसानको धान खरिद गर्न सुरु गरेपछि कैलालीको सत्तीमा धान बिक्रीका लागि पुगेका किसान ।
सरकारले २७ गते मङ्गलबारदेखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा सरकारी काटा लगाएर सरकारले धान खरिद गर्न थालेको हो । ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेपछि किसान खुसी भएका छन् ।
