अवैध चामल बरामद

पर्सा:भारतबाट अवैधरूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महनागरपालिका–११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल आज प्रहरीले बरामद गरेको हो ।

राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण हँुदै आएको पूर्वसूचनाका आधारमा चारवटा गोदाममा छापा मार्दा पाँच सयभन्दा बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले भरियाको मद्दतले राजस्व छली भित्र्याइएको चामल स्थानीय सुजित कलवार, विनोद कलवार, श्यामकिशोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहेको गोदामबाट बरामद गरिएको बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको गोदाममा कति बोरा चामल छ त्यसको गन्ती गर्ने कार्य भइरहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । उहाँले घटना मुचुल्कापछि बरामद गरिएको सबै चामल जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?