लमजुङमा कोसेली घर बन्दै

गुन्द्रुक कसरी बनाउने ? के छ फाइदा ? जानिराखौ

लमजुङ:सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा कोसेली घर निर्माण गरिरहेको छ ।

यहाँ स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरु गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाभित्रका बासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई तीव्रता दिएका छौँ ।”

परम्परागत शैलीमा गोलाकारका दुई तलाका कोसेली घर निर्माण भइरहेको उहाँको भनाइ छ । गत जेठबाट सुरु भएको कोसेली घरको निर्माण अन्तिम अन्तिम चरणमा पुगेको छ । कोसेली घरको माथिल्लो तल्लामा सङ्ग्रहालय हुनेछ ।

कोसेली घरमा स्थानीय स्तरमा उत्पादित जैविक मह, भटमास, कोदो, गुन्द्रुक, रक्सी, कागुनु, आलु, फापरलागयत अन्य तरकारी, हातले बुनेका सामग्रीसमेत राखिने छ । यहाँ राखिएका सामग्री अवलोकन तथा खरिद गर्न सकिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?