नुवाकोटमा रासायनिक मलको समस्या अब समाधान गर्छौ : प्रदेस सांसद् राधिका तामाङ

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

त्रिशूली: नुवाकोटमा रासायनिक मलको अभाव चर्किएपछि बागमति प्रदेससभा सदस्य तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङले चासो देखाउदै तत्कालै मल व्यवस्थापनको लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नुवाकोटमा सरकारीस्तरबाट अनुदानमा मल उपलब्ध गराउदै आएको कृषि सामाग्रि कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय विदुर स्थित भण्डारण स्थलको अनुगमन पश्चात मल व्यवस्थापनको लागी पहल गर्ने बताउनुभयो ।

दुईवटा सँस्थानको भण्डारणमा रहेका मलको अहिलेको परिणामको जानकारी लिएसगैँ बागमति प्रदेससभाको निवर्तमान उपसभामुख तथा अहिलेको प्रदेससभा सदस्य तामाङले संघीय सरकार, प्रदेस सरकार र स्थानीय सरकारबीचको समन्वयनले नुवाकोटको लागी प्राप्त हुदै आएको कोटा अर्थात परिणाम बढाएर मलको अभाव हटाउनतर्फ लाग्ने प्रतिबद्धता जनाउनुभएको हो ।

त्यसको लागी तीनतहको सरकार, मल वितरणको जिम्मेवारी पाएका कृषि सामाग्रि कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय र किसान लगायत सरोकारवाला सबै पक्षबीचको सहकार्यले मलको खपत कमभन्दा कम गर्ने, प्राप्त गर्ने परिणाम बढाउने, आएको मल आवश्यकता अनुसारको वितरण मिलाउने लगायतको माध्यमबाट मलको चर्कदो अभाव समाधान गर्न सकिने भएकाले आफूले त्यसको लागी भूमिका निर्वाह गर्ने प्रदेस सांसद् राधिका तामाङको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?