आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौँ: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।AnchorAnchorदेशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती  प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

२०७९ पुस २२ गते  (शुक्रबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

 रातीː सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

 

२०७९ पुस २३ गते  (शनिबार)

दिउँसोː सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

 रातीː सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

 

 

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा
परामर्श: प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेको  तथा  तराईका धेरै  भू-भागहरूमा  बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?