आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौँ:हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमाहल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

त्यस्तै आज राती सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा  रहनेछ।

सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश  र गण्डकी प्रदेशका थोरै भू-भागमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

२०७९ माघ ११ गते  (बुधवार)

दिउँसोː सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा  रहनेछ। सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश  र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

रातीː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

२०७९ माघ १२ गते  (बिहीबार)

दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा  रहनेछ।

 

रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा  रहनेछ।

 

 

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  

सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहनु र सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?