घोराहीमा जलाशयका माध्यमबाट खेतबारी सिञ्चित गरिँदै

 घोराही: सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य छ । यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र सङ्घीय सरकारको करिब रु २० करोड २१ लाखको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन् । बढ्दो जनसङ्ख्यासँगै पानीको मुहान सुक्दै जान थालेकाले कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई सकारात्मक प्रयासका रुपमा लिइएको छ ।

घोराही उपमहानगरका १९ वडामध्ये १४ वडामा ३४ जलाशय निर्माण गरिएका छन् । वडागत रुपमा सबैभन्दा धेरै जलाशय वडा नं १७ मा निर्माण गरिएका छन् । उक्त वडामा आठ जलाशय बनेका छन् । वडा नं १ मा चरिङ्गे, भोटे, चेपे, गवरे र चुरे जलाशयमा जलाशय बनाइएका छन् ।

त्यसैगरी वडा नं २ मा चेपे, बलरामपुर र शहरेमा जलाशय निर्माण गरिएको छ् । चेपे जलाशय सुुर्केडाँगी, बाहुुनटारी, राइटारीलगायतका ठाउँका लागि सिँचाइसँगै जल विहारका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउनुहुन्छ ।

यस्तै वडा नं ४ मा अमारे, चरीखुुट्टे, छरछरे, रोहिणी र सुकी दह, वडा नंं ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं ६ मा लख्वारे, पिपल–छहारी, फचकपुर तल्लो र फचकपुुर माथिल्लो जलाशय, वडा नं ८ मा लरैना जलाशय, वडा नं १० मा ठाँटी गाउँ जलाशय र वडा नं ११ मा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी वडा नं १२ मा जङ्गखोली, वनबाटिका र साततले, वडा नं १३ मा ज्यामिरे र बाह्रकुने, वडा नं १६ मा गङ्गटीया तल्लो र माथिल्लो गरी दुई जलाशय, वडा नं १७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी गरी आठ तथा वडा नं १८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय निर्माण गरिएका छन् ।

जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्नुका साथै स्थानीयका लागि रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो । सुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि स्थानीइको दैनिकीमा समेत परिर्वतन तथा रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाइएको उपमहानगरकाले जनाएको छ ।

उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट र केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीका रुपमा रहेका जलाशयलाई विस्तार गरिएको हो । निर्माण गरिएका जलाशयको बहुुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउनुुहुुन्छ ।

“बनिसकेका जलाशयको स्तरवृद्धि र थप बन्न लागेको जलाशयका लागि पालिकास्तर, वडास्तर तथा प्रदेश र सङ्घबाट पनि समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ, केही गर्ने तयारी छ”, उहाँले भन्नुुभयो, “कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवद्र्धनको काम भइहेको छ ।”

उपमहानगरले सुरुआती वर्षमा १२ जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ जलाशय निर्माण गरेको पौडेलले बताउनुभयो । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन् । उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन यो अभियानले सुख्खा हुँदै गएको जमिनमा सिँचाइसँगै कृषिमा लाग्न प्रेरित गर्ने काम गरेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी बताउनुहुन्छ । जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?