पस्मिना उद्योगबाट आम्दानी वृद्धि गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौँ:उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योगबाट आम्दानीमा वृद्धि गर्न सकिने बताउनुभएको छ । उहाँले पस्मिना निर्यातको प्रमुख वस्तुका रुपमा रहँदै आएको उल्लेख गर्नुभयो ।

ललितपुरमा आज आयोजित राष्ट्रिय पस्मिना क्षेत्र निर्यात रणनीति तर्जुमा सार्वजनिक कार्यक्रममा मन्त्री भण्डारीले पस्मिना उद्योगबाट उद्योगी, व्यापारी तथा निर्यातकर्तालाई मात्रै नभई च्याङ्ग्रापालक किसानलाई प्रत्यक्ष रोजगारीसँगै आम्दानी वृद्धि गर्न सकिने बताउनुभयो । विभिन्न प्रयासका बाबजुद आयात उच्चदरमा वृद्धि भएको उल्लेख गर्दै उहाँले निर्यात न्यून मात्रामा भएका कारण व्यापार घाटा उच्च दरमा बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो ।

“नेपाल सरकार, विकास साझेदार तथा निजी क्षेत्रको संयुक्त प्रयासबाट च्याङ्ग्राको भुत्ला प्रशोधन गरी पस्मिनाका लागि धागो उत्पादन गर्ने कारखाना स्थापना कार्य अघि बढाएका छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “च्याङ्ग्रापालक किसानले उत्पादन गरेको भुत्ला स्वदेशमै उचित मूल्यमा खरिद हुनाका साथै पस्मिनाको उत्पादन बढ्ने छ ।” भविष्यमा नेपाली पस्मिनाको निर्यात उल्लेखनीय रुपमा बढ्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयले युरोपियन युनियनको आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत राष्ट्रिय पस्मिना क्षेत्र निर्यात रणनीति तर्जुमा गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले पस्मिना व्यापारीले हाल भोगिरहेका समस्या तथा चुनौती सूक्ष्म रुपमा विश्लेषण गरी यस क्षेत्रको समग्र विकासमार्फत आगामी पाँच वर्षभित्र निर्यात गर्न सकिने लक्ष्य निर्धारण गरेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?