रामपुरमा कृषि प्रदर्शनी तथा व्यापार मेला

स्थानीय काउली प्रतिकेजी ११५

रामपुर (पाल्पा):पाल्पाको रामपुरमा कृषि प्रदर्शनी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि सुरु हुने मेलाको तयारीलाई तीव्र बनाइएको छ ।

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ २७ देखि फागुन ८ गतेसम्म हुने मेलामा कृषि प्रदर्शनी, महिला उद्यमीबाट उत्पादन गरिएका सामग्री तथा स्थानीय कला संस्कृतिलाई प्राथमिकता दिइएको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि प्रदर्शनीसहित तीन सय स्टल दर्ता भएका छन् ।

कोभिड–१९ ले आर्थिक मन्दी हुँदा धरासायी भएको उद्योग व्यावसायलाई चलायमान बनाउन, सङ्घको भवन निर्माणमा सहयोगार्थ, रामपुर उपत्यकासहित कालीगण्डकी उपत्यकाको प्रचार प्रसार, लोपोन्मुख वस्तुको प्रवर्द्धन, यस क्षेत्रको कला संस्कृतिको जगेर्ना गर्न, कृषि उत्पादनलाई प्रवर्द्धन गर्न मेला आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताउनुभयो ।

“काली गण्डकी बेँसी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सम्भावना उजागर गर्नका लागि महोत्सवको माध्यमबाट पहल थाल्ने, कुटिर उद्योगको प्रवर्द्धन, पर्यटक आगमनमा वृद्धि गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, कालीगण्डकी उपत्यकाको प्रचारप्रसार गर्नका लागि पालिकासँग समन्वय गर्ने, कृषकलाई प्राथमिकतामा राखेर अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।

महोत्सवमा स्थानीय उत्पादन, कृषिजन्य सामग्रीसँगै स्टल राख्नका लागि स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिने, बाल उद्यान, कृषि प्रदर्शनी, फोटो प्रदर्शन, ¥याफ्टिङ, प्याराग्लाइडिङ, हेलिकप्टरबाट कालीगण्डकी उपत्यकाको दृश्यावलोकन, सांस्कृतिक झाँकी प्रदर्शन हुने भएको छ । कला संस्कृतिको उजार गर्न तेस्रो रामपुर डान्स आइडल हुने सङ्घले जनाएको छ । मेला अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?