‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

काठमाडौँ:राष्ट्रिय मधेसी नागरिक समाजले किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्ने माग गरेको छ । समाजले मधेस किसानका लागि उर्बर भूमि भए पनि किसानलाई मलको अभाव तथा बीउबिजनको उपलब्धता दिनानुदिन कठिन हँुदा किसानले सास्ती भोग्नुपरेको भन्दै उपलब्ध गराउनुपर्ने माग गरेको हो ।

समाजले आज विज्ञप्ति जारी गरी अहिले नेपाली युवा रोजगारीका लागि विदेश जाने क्रम दिनप्रति दिन झनझन बढ्दै गएको भन्दै देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ ।

“बेरोजगारी समस्याले सीमा नाघिसकेको छ, अहिले देशमा सबैभन्दा बढी विदेश पलायन हुनेमा मधेसी नागरिक हुन्, जुन राज्यकै तथ्याङ्कले देखाउँछ, राज्यले रेमिटेन्सका रूपमा स्रोत प्राप्त गर्ने तर ती नागरिकका लागि काम गर्ने वातावरण र स्वास्थ्यका विषयमा मौन रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

आर्थिक, राजनीतिक र समाजिकरूपमा पछाडि परेको मधेसी दलित समुदायको शिक्षा र स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्नुपर्नेमा समाजको जोड छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?