पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा

तानसेन (पाल्पा):पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कूल एकासी वडा मध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण मानवीय नै रहेको छ ।

डढेलोका बारेमा प्रत्येक वर्ष चैत १ देखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् । यस वर्ष जनचेतना जगाउन राष्ट्रिय कलाकारसहित दोहोरी गीत कार्यक्रमदेखि अग्नि नियन्त्रणको प्रहसनसम्मका कार्यक्रम आयोजना गरिएको छ । सोमबार तानसेनमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा कलाकारद्वय चिज गुरुङ र अस्मिता डल्लाकोटीले वन डढेलो लाग्न नदिन जनचेतनामूलक दोहोरी गीत प्रस्तुत गर्नुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा ७१ स्थानमा वन ढडेलो लागेको थियो, यसमा एक जनाको ज्यान गएको थियो । वन अधिकृत अर्यालका अनुसार २०७८÷७९ मा अधिक वर्षा हुँदासमेत पाँच स्थानमा वन ढडेलो लागेको थियो । यस वर्ष वन डढेलोका घटनामा वृद्धि हुने उहाँको प्रक्षेपण छ । जिल्लामा सात सय बढी सामुदायिक वन छन् । यिनै सामुदायिक वनमा अधिक डढेलो हुने गरेको छ । “मानवीय कारण नै वन डढेलोका घटना बढी हुने गरेका छन्”, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई भन्नुहुन्छ, “जनचेतना जगाउनु नै यसको अन्तिम विकल्प हो ।”

जिल्लामा अग्नि नियन्त्रणका लागि उपकरण र जनशक्ति दुवै छैनन् । उहाँका अनुसार तानसेन नगरपालिकामा एउटा दमकल छ । अन्य नौ स्थानीय तहसँग दकमल छैनन् । जेट सुटर, फायर एक्जुगेटर र सुटको प्रयोगबाट मात्रै अग्नि नियन्त्रणको प्रयास हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायको परिचालनबाट अग्नि नियन्त्रण हँुदै आएको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?