‘हर्निया’ भएका पशुलाई ‘सर्जरी’ गर्न सिफारिस

भरतपुर:भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा सोमबार भरतपुर–७ प्रेमबस्तीमा शिविर गरिएको हो ।

शिविरमा चार सय १० पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये एक सय ६५ गाई, २३ भैँसी, १२ कुकुर, दुई सय १० बाख्राको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा शत्रुघन साह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव साह, सपना यादवको टोलीले पशुहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

डा शत्रुघनले किसानलाई गोठ सुधार्न र सरसफाइमा ध्यान दिन सुझाइएको बताउनुभयो । शिविरमा छाला सङ्क्रमण भएका पशु परीक्षणका लागि धेरै आएका थिए । केही पशुमा आँखामा समेत सङ्क्रमण देखिएको थियो । बाँझोपन भएका गाई–भैँसी पनि उपचारका लागि किसानले ल्याएका थिए ।

कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइएको थियो । उहाँले परालमा मात्रै नभई घाँसखेती गरेर घाँसमा आधरित पशुपालन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार परालमात्रै खुवाएर हुर्काइएका पशुमा पौष्टिक आहार कमी भएको पाइएको थियो ।

अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गरेर गर्भावस्था भएका पशुको परीक्षण गरिएको थियो । हर्निया भएका पशुलाई सर्जरीका लागि सिफारिस गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?