किसानलाई घरपालुवा पशुचौपाय जोगाउन मुस्किल

कमलामाई (सिन्धुली): सिन्धुलीमा किसानलाई घरपालुवा पशुचौपाय जोगाउन मुस्किल परेको छ । चितुवाले गोठमै आएर दैनिक पशुचौपाया मार्न थालेपछि सुरक्षामा चुनौती थपिएकोे हो ।

महाभारत क्षेत्रको जङ्गलबाट आएर फिक्कल गाउँपालिकामा मात्रै एक साताको अवधिमा एक दर्जनभन्दा बढी गाईभैँसी, बाच्छाबाच्छी, खसीबोका चितुवाले मारेको फिक्कल गाउँपालिकावासी बताउँछन् । चितुवाले दुई गोरु र एउटा गाई मारेपछि भोक, निन्द्रा हराएको किसान हरिबहादुर सुनुवारले दुःखेको गर्नुभयो । मान्छेमाथि पनि आक्रमण गर्नसक्ने भयले यतिबेला उहाँलाई त्रसित बनाएको छ ।

दिउँसै चितुवा आउने डरले गाईबस्तु फुकाएर चरनमा लैजानसमेत बन्द गरेको उहाँले बताउनुभयो । “चितुवाले मारेर बाँकी रहेका चौपाया जोगाउनै मुस्किल भएको छ । मान्छे कसरी जोगिने चिन्ता बढेको छ”, उहाँले भन्नुभयो । फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारका अनुसार निगुरे, भष्मे, चनौटे, सिलामे, खोर्सानी भञ्ज्याङका किसानको पशुचौपायालाई चितुवाले बढी आक्रमण गरिरहेको छ । जङ्गलमा डढेलो लागेकाले चितुवा बस्ती छिरेर चौपाया मारेको हुनेसक्ने उहाँले बताउनुभयो ।

वन डिभिजन कार्यालयले समन्वय गरी निकुञ्जबाट कर्मचारी बोलाएर चितुवा नियन्त्रणमा लिनुपर्ने स्थानीयवासीको माग छ । चितुवाको सङ्ख्याबारे यकिन हुन सकेको छैन । डिभिजन वन कार्यालयका सूचना अधिकारी हेमकुमार थापाले पशुचौपाया क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?