अण्डाको नयाँ मूल्य निर्धारण, ठूलो अण्डाको बिक्रि मुल्य ३ सय ५५ कायम

अण्डाको मूल्य

चितवन :कुखुराको अण्डाको नयाँ मूल्य निर्धारण गरिएको छ । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समिति रामपुरले आज (बिहिबार) बाट लागुहुने गरिे अण्डाको नयाँ मूल्य कायम गरेको हो ।

नयाँ मूल्य अनुसार ठूलो अण्डाको फार्म मूल्य ३ सय ५० छ भने, बिक्रि मुल्य ३ सय ५५ कायम गरिएको छ । त्यस्तै, मझैला अण्डाको फार्म मूल्य ३ सय २५ निधारर्ण गरिदाँ बिक्र मूल्य ३ सय ३० कायम गरिएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । यसअघि ठूलो अण्डाको फार्म मूल्य ३ सय ५ रहदाँ मझैला अण्डाको फार्म मूल्य २ सय ८० कायम गरिएको थियो ।

भारतीय आयातित अण्डाका कारण स्थानीय उत्पादनले बजार नपाउनु , दानाको मूल्य बढ्नु लगायतका कारणले अण्डा उत्पादक किसानको लायत मूल्य समेत नउठ्ने समस्या देखिएकाले आफूहरु मूल्य बृद्धि गर्न बाध्य भएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताउनुभयो । “नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १४ रुपैयाँमा अण्डा पाउनेछन्, हाम्रो उदेश्य उपभोक्तालाई धेरै मूल्यमा बेचेर फाइदा कमाउने होइन अण्डा उत्पादक किसानले कुखरराको दानाका निम्ती कुखरा नै बेचेर दाना किन्नु पर्ने अवस्था नहोस् भनेर नयाँ मूल्य सूचि कायम गरेका हौं अध्यक्ष केसीले भन्नुभयो” ।

अण्डा व्यवसायका लागि करौडो लगानी गरेका नेपालका पोल्ट्रीफार्म व्यवसायीहरूले भारतबाट आयातित अण्डाको मुल्यले आफ्नो ब्यापारमा असर परेको गुनासो समेत गरेका छन् । अण्डा उत्पादक कृषकहरुलाई प्रति अण्डा उत्पादनमा १३ देखि १४ रुपैया खर्च लागत हुने तर अण्डाको मुल्य त्यसभन्दा कम रहने हुँदा हरेक दिन घाटा सहनुपर्ने बाध्यता रहेको छ । यता दानाको मूल्य बढ्दा र अण्डा उत्पादन हुने बेला आयातित अण्डाका कारण बजार नपाउँदा प्रति अण्डा उत्पादनमा लाग्ने लागत झन बढ्न जाने कृषकहरुको भनाइ छ ।

स्थानीय, प्रदेश र सघीय सरकारले अण्डा उत्पादक किसानलाई सधै उपेक्षा गरेको कृषकहरुको गुनासो छ । यस व्यवसायमा करोडौ रुपैया लगानी रहेको कारण यसलाई छोड्न पनि नसकिने र व्यवसायमा टिकिरहन समेत गाह्रो भएको अण्डा उत्पदाक कृषकहरुको भनाइ छ ।

केही समय अघि बैंकले पुनः कर्जा लगानी गरिदिनु पर्ने, दाना सहुलियतमा उपलब्ध हुनुपर्ने, कुखुरा उत्पादकहरुलाई कर छुट दिनुपर्ने, विद्युत महशुलमा सहुलियत दिनुपर्ने, विचौलियाको अन्त्य गरिनुपर्ने, बजारको व्यवस्थापन र उचित मुल्य निर्धारण गरिनुपर्ने लगायतको मागहरु राख्दै कृषकहरु आन्दोलनमा उत्रिएका थिए । तर, यी मागहरु प्रति सरकार गम्भिर नहुँदा अण्डा उत्पादक किसानमाझ थप निराशा देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?