तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’

कृषक क्रेडिटकार्ड

तुलसीपुर:दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिनुभयो । “ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ”, उहाँले भन्नुभयो, “त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं ।”

किसानलाई क्रेडिटकार्ड दिएपछि रु दुई लाखसम्मको सहुलियत कर्जा पाउँछन् । यसअघि तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । सिसा परियोजना र मेघा बैंकको समन्वयमा वडाका १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको उहाँले बताउनुभयो ।

अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने उहाँको भनाइ छ । क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो सरकारले रु दुई लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन् ।

त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ । सिसा परियोजनाको आयोजनामा किसान क्रेडिट कार्ड कार्यान्वयन सहयोगसम्बन्धी कार्यविधि २०७९ का विषयमा अन्तक्र्रिया भएको छ । त्यस अवसरमा बैंकका प्रमुख, जनप्रतिनिधि, किसानलगायत सरोकारवालाले ‘क्रेडिट कार्ड’ले किसानलाई व्यावसायिकरुपमा फाइदा पु¥याउने बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?