मकैको बीउ वृद्धि अभियान

बलेवा:कृषि ज्ञान केन्द्र बागलुङले मकैको बीउ वृद्धि अभियान थालेको छ । किसानले खोजेका बखत बीउ भेटृाउन नसकेकाले उक्त केन्द्रले गत वर्षदेखि नै बीउ उत्पादन थालेको थियो । आगामी वर्षसम्म जिल्लामा माग भएअनुसार बीउ उत्पादन गर्ने केन्द्रको लक्ष्य छ । गतवर्षसम्म जिल्लामा मकैको बीउ अभाव थियो । किसानले बीउ नपाएर हैरान भएकाले बीजवृद्धि अभियान थालिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताउनुभयो ।

चालु वर्षमा तीन दशमलब पाँच मेट्रिकटन बीउ उत्पादन भइसकेको छ । आगामी वर्षसम्म जिल्लाको आवश्यकता पूरा गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियोे । गत वर्षदेखि २५ हेक्टर जमिनमा बीजवृद्धि कार्यक्रम थालिएकाले आवश्यक बीउ पु¥याउन सकिने प्रमुख भट्टराईले बताउनुभयो । उत्पादित बीउ भण्डारणका लागि काठेखोला गाउँपालिकामा २० टन, जैमिनीमा २० टन र बरेङमा १० टन क्षमताको भवनसमेत निर्माण गरिएकोे छ ।

त्यस्तै बडिगाड गाउँपालिका–१ को दगातुम्डाँडामा गत वर्ष नै ३० टन क्षमताको भवन बनिसकेको छ । चालु आर्थिक वर्ष बरेङमा १५ हेक्टरमा बीजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको र त्यसबाट ३५ टन मनकामना जातको प्रमाणित बीउ उत्पादन हुने उहाँले बताउनुभयो । बीज वृद्धिका लागि गणेश र मनकामना जातको मकै बढी लगाइने गरिएको छ ।

हावापानीको हिसाबले बागलुङको अधिकांश स्थान मकै उत्पादनका लागि अब्बल स्थान मानिएको छ । “राम्रो उत्पादन हुने भएकोले मकैको बीउ तथा बाली उत्पादन बिशेष कार्यक्रम नै सञ्चालन गरिएको छ” बाली विकास अधिकृत दिनेश पाठकले भन्नुभयोे, “गण्डकी प्रदेश सरकारले पनि बीउ उत्पादनका लागि लगानी गरेको छ ।” चालु आर्थिक वर्ष गण्डकी सरकारको रु पाँच करोड बजेटबाट उन्नत बीउ उत्पादन गर्ने लक्ष्य रहेको र सो रकमबाट बागलुङमा मात्रै रु ४८ लाख लगानी गरिएकोे उहाँले बताउनुभयो ।

सङ्घीयता लागू गर्दा हटेका तत्कालीन कृषि कार्यालय ज्ञान केन्द्रको रुपमा स्थापित हुन चार वर्ष लागेकाले बीउ उत्पादनमा असर परेको थियो । विज्ञ नभएको र पालिका तहमा सामान्य कृषि प्राविधिक मात्र आउँदा बाली विकास र उत्पादन बढाउने योजना बनेका थिएनन् ।

“विज्ञको अभावमा बीजवृद्धि कार्यक्रम त ठप्पै भएको थियो । चार वर्षसम्म बीउ उत्पादन नहुँदा झण्डै लोप हुन लागेकामा अहिले लगानी बढाएर बीजवृद्धि कार्यक्रम ल्याउनु परेको हो” प्रमुख भट्टराईले भन्नुभयो, “खाद्य वस्तु नै उत्पादन नभए कसरी कृषिको विकास होला ?” जिल्लामा तरकारीलगायत अन्य बीउ वृद्धि गर्ने कार्यक्रमसमेत ल्याइने उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?