कृषकलाई माछाका भुरा वितरण

दमौली:तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो ।

सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियाँै । निवेदन प्राप्त भएका २२ कृषकलाई भुरा वितरण गरिएको छ ।” उहाँका अनुसार प्रतिरोपनी सात सयका दरले माछाका भुरा वितरण गरिएको छ ।

कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको छ । “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिको भुरा बाँडेका हौँ, यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताउनुभयो । “गाउँपालिकाले व्यावसायिकरूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोहीबमोजिम माछापालक कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले अहिले व्यवसाय गरिरहेकालाई त प्रोत्साहन हुन्छ नै नयाँलाई आकर्षण थप्ने विश्वास लिएका छौँ ।”

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचनाबमोजिम माग सङ्कलन गरी पोखरीको क्षमता हेरी माछाका भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताउनुभयो ।

म्याग्दे –१ का जगतबहादुर थापालाई दुई हजार, फविसरा थापालाई दुई हजार, म्याग्दे–२ का प्रेमलता शाहीलाई सात सय, म्याग्दे–३ का विजु आलेलाई तीन हजार पाँच सय, सनिमाया थापालाई दुई हजार, म्याग्दे–४ का ओमबहादुर आलेलाई एक हजार पाँच सय, देविका थापालाई एक हजार पाँच सय, सोमकुमार श्रेष्ठलाई १५ हजार, टोपप्रसाद थापालाई एक हजार पाँच सय, भीमकुमारी रानालाई एक हजार पाँच सय, हिमनारायण कायस्थलाई चार हजार माछाका भुरा वितरण गरिएको छ ।

त्यस्तै म्याग्दे–५ का कृष्ण थापालाई छ हजार पाँच सय, तालबहादुर आलेलाई चार हजार, भक्तबहादुर गुरुङलाई चार हजार, म्याग्दे –६ का मदीमाया रानालाई चार हजार, म्याग्दे–७ का ओमराज गोतामेलाई एक हजार पाँच सय, देवबहादुर विश्वकर्मालाई सात सय, अच्युतराज काफ्लेलाई सात सय, धु्रव वाग्लेलाई एक हजार एक सय, दुर्गामाया घर्तीलाई एक हजार एक सय भुरा वितरण गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?