आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौँ :हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको ।देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
२०८० जेठ १४ गते (आइतवार)
दिउँसोː देशका कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
२०८० जेठ १५ गते (सोमवार)
दिउँसोː कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
