लोकल बन्दा प्रतिकेजी रू १०,गोलभेडा सानो ८,मूला १५,तितो करेला ३०,घिरौला ४०,बरेला ९०
| काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी २००,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ४४ कायम भइ कारोबार भइरहेको छ । |
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ,चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८० रुपैयाँ,किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,ताजा माछा(रहु) ३२०,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

