सेतो आलु प्रतिकेजी रू ३२, लौका ६०,करेला ४०, चुकुन्दर ७०,पुदीना १२०,टाटे सिमी १३०,आभोकाडो ६००
| काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी मूल्य ५०, आलु रातो ४०, नेपाली गोलभेडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ । |
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ६०, कागती १६० रुपैयाँ, चमसूरको साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, भारतीय लीच्ची २५०, लोकल लीच्ची १२०, खु्र्सानी सुकेको ४५०, लसुन. १८०, चाइनिज लसुन २२० मा कारोबार भइरहेको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
