मैवाखोलालाई बेसार खेतीको हब बनाइने

ताप्लेजुङ: ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘बेसार खेतीको हब’ का रुपमा विकास गर्ने भएको छ । कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी सर्वसाधरणको आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकालाई बेसारखेतीको हबका रुपमा विकास गर्ने गरी गाउँपालिकाले नीतिगत योजना बनाएको छ ।

गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०८१ को बजेट तथा कार्यक्रम सार्वजानिक गर्दै बेसार खेतीका लागि माटो परीक्षणसहित प्राविधिक अध्ययन र बीउ खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ भने यसको प्रशोधन बजारीकरण लगायतका लागिसमेत गाउँपालिकाले सहयोग गर्ने बताइएको छ । प्रस्तुत बजेट तथा कार्यक्रममा उल्लेख भए अनुसार बेसारखेती प्रवद्र्धन गरी उद्योग स्थापना र ब्रान्डिङ तथा प्याकेजिङ गरी रोजगार तथा आयआर्जनमा थप टेवा पुग्ने उल्लेख छ । बेसार खेतीले किसानलाई तुलनात्मक रुपमा फाइदा पुग्ने देखिएकाले यसलाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।

प्राङ्गरिक कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी सर्वसाधरण तथा कृषकको आय आर्जनमा वृद्धि गर्ने, कृषि खेती प्रणालीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै अर्गानिक कृषि विकासका लागि गाउँपालिकाले रु २८ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिले शनिबार रु ३९ करोड ७० लाख बजेट सार्वजानिक गरेको छ ।

बेसार खेती सहित व्यवसायीलाई सहुलियत कर्जा प्रदान गरी व्यवसाय उन्मुख बनाउने, शिक्षा क्षेत्रमा नमुना विद्यालय विकास कार्यक्रम मार्फत नौलो कार्य सुरुवात हुने तथा शैक्षिक संस्थामा स्वचालन प्रणालीमा मार्फत विद्यालयको सम्पुर्ण अनुगमन तथा मूल्याङकन र व्यवस्थापन पक्षलाई बलियो बनाउनेलगायत कार्यक्रम प्राथमिकतामा परेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?