आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

भारी वर्षा

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।हाल देशभर  आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर  आंशिक देखि सामान्य बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथाबाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोछ। साथै कोशी  र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमतीर गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी रलुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारीवर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती र कोशीप्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

२०८० आषाढ १९ गते (मंगलबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहीस्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारीवर्षाको समेत सम्भावना रहेको छ।  मधेश प्रदेश, बागमती प्रदेश र कोशीप्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका  धेरै स्थानहरू तथाबाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमामेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेशप्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरैस्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

२०८० आषाढ २० गते (बुधबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहीस्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  मधेशप्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका  धेरै स्थानहरू तथाबाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमामेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेशप्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानहरूमाहावा हुरीको समेत सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथाबाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोछ। साथै कोशी  र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना  रहेकोले सडक तथा हवाईयातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्नेदेखिन्छ। तसर्थ  भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरोतथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यकसतर्कता अपनाउन हुन अनुरोध छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?