यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ८५,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४१,भारतीय आलु रातो ३५,भारतीय प्याज सुकेको ५८,लौका ५०,हरियो फर्सी ७०,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल २०, गाजर १००, मूला सेतो ४०,सेतो रातो ६०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ४०,मकै बोडी ६०, टाटे सिमी ७०,तितो करेला ४०,ब्रोकाउली ९०, कागती १२० रुपैयाँ, भिण्डी रू ५०,पिंडालू ६०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ५०,तामा ९०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १४०,अनार ३५० रुपैयाँ, नासपाती ६०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी ५०,हरियो धनिया १००,खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २४०, चाइनिज लसुन २६०,लसुन हरियो १२०, रुख कटहर ३५, छ्यापी सुकेको २२०,भेडे खु्र्सानी ७० , फूजी स्याउ ३५०,अम्बा २८०,जुनार ३००,तोफु ११०,तने बोडी प्रतिकेजी ७० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?