कृषक समूहहरूसँग घुस मागेका कृषि अधिकृतले दिए राजीनामा

कैलाली:कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन्। सेवाग्राहीसँग घुस मागेको आरोप लागेका गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका हुन्।

नगरपालिकाको कृषि शाखाका अधिकृतले सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले स्पष्टीकरण सोधेको थियो। तर स्पष्टीकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएका हुन्। उनले आफूले अध्ययन गर्नुपर्नेलगायतका समस्या देखाएर राजीनामा बुझाएको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?