घट्यो तरकारीको मूल्य, यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००,टनेल गोलभेडा सानो ५५, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४८,भारतीय आलु रातो ३६,लौका ८०,हरियो फर्सी रू ८०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।
आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today || krishi
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ४५, गाजर १००, मूला सेतो ७०,मूला रातो ६०,भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०,मकै बोडी ९०, टाटे सिमी ८०,तितो करेला ७०,ब्रोकाउली १६०, कागती १३० रुपैयाँ, भिण्डी रू ५५,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ ,लोकल काक्रो ६०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १३०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ३५० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो २००, रुख कटहर ४०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,शरीफा २५०,फूजी स्याउ ३५०,अम्बा १२०,जुनार ३००,तोफु ११०,पिंडालू ६०,तामा ९०,कन्य च्याउ १५० ,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।
