स्थानिय काउली प्रतिकेजी ८० मा कारोबार,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८,गोलभेडा सानो लोकल रू ५०,भारतीय गोलभेडा ठूलो ४०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ ,आलु रातो ५६,मुडे आलु रातो ४८,भारतीय आलु रातो ३५,लौका ३०,हरियो फर्सी रू ३०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ५०,भन्टा डल्लो ५०, भन्टा लाम्चो २५,मकै बोडी ८०,टाटे सिमी ५०,तितो करेला ६०,ब्रोकाउली २८०, कागती २२० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ४०० रुपैयाँ ,लोकल काक्रो ९०,अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, नासपाती ९०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि ३००,हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३७०, छडी माछा २६०,बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,मटरकोशा ३००,भारतीय प्याज सुकेको ७२,लसुन हरियो २५०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ९०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १२०,मौसम १३०,जुनार ३२०,अमला ६०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ७०,निबुवा ४०,बरेला १००,कन्य च्याउ १४०,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?