सर्प पाल्ने कार्यक्रममा करोडौको भ्रष्टाचार

काठमाडौँ

:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध  आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का, मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, तत्कालिन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय रहेका छन्।

उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ। अख्तियारले उनीसँग १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर गर्न माग गरेको छ। 

अख्तियारले प्रतिष्ठानको नाममा रहेको लालबन्दी नगरपालिका(१ को ८ विघा ९ कठ्ठा ६।३३ धुर जग्गा र जिप जफतको मागदाबीका लागि प्रतिष्ठानलाई पनि प्रतिवादी बनाएको छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?