साल्ट ट्रेडिङद्वारा काठमाडौँको गोदामबाट बरामद चिनी सहुलियत मूल्यमा बिक्री गर्न सुरु

काठमाडौँ:साल्ट ट्रेडिङ कर्पोरेशनले गत असोज ३ गते काठमाडौँको एक गोदामबाट बरामद गरिएको चिनी बिक्री गर्न सुरु गरेको छ ।

कुलेश्वरमा रहेको एक गोदाममा लुकाएर राखेको अवस्थामा बरादम गरिएका लेबल नभएका १४ सय बोरा चिनी साल्ट ट्रेडिङका सबै सहुलियत पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री सुरु भएको हो ।

प्रतिकिलो ९७ रुपैयाँको दरले प्रतिपरिवार २ किलोसम्म चिनीको बिक्री भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?