ह्वात्तै घट्यो कन्य च्याउको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६०,टनेल गोलभेडा सानो ४५,गोलभेडा सानो लोकल रू ३०,घिउ सिमी लोकल २०,काउली स्थानिय प्रतिकेजी २० रुपैयाँ ,आलु रातो ५५,भारतीय आलु रातो ३४,हरियो फर्सी रू १०,घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,बन्दा लोकल ४०, लोकल गाजर ५०,मूला सेतो २०,भन्टा डल्लो ४०,भन्टा लाम्चो २५,टाटे सिमी ७०,तितो करेला ८०,ब्रोकाउली ९०, कागती १२० रुपैयाँ, भिण्डी रू ७०,लोकल काक्रो २५,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १६०,अनार ४५० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि १५०,हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा ३६०, छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २८०,चाइनिज लसुन २६०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,मटरकोशा १८०,लसुन हरियो २००,सखरखण्ड ५०,भेडे खु्र्सानी ६०,भारतीय मेवा ९०,फूजी स्याउ ३२०,अम्बा २००,मौसम ८०,जुनार २५०,नेपाली सुन्तला प्रतिकेजी ८०,भारतीय सुन्तला ८०,,तोफु १२०,तामा ९०,चुकुन्दर ७०,बरेला २५,कन्य च्याउ ५०,तने बोडी प्रतिकेजी ३० मा कारोबार भइरहेको छ ।
