दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित

खलङ्गा (दार्चुला):दार्चुला ओखरखेतीका लागि परिचित छ । ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् ।

विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६ का विष्णुसिंह धामीले ओखर खेतीलाई थप विस्तार गर्दै आएका छन्। बुवा र बाजेले लगाएका पाँच दस बोटबाट खेती सुरु गरेका धामीको बारीमा अहिले साना र ठूलो गरेर एक सय ७५ ओखरका बोट छन् ।

हाल उनको बारीमा भएका ६५ बोटले उत्पादन दिइरहेका र बारीबाटै बेर्ना समेत बिक्री हुँदै आएको छ । धमीले भने,“बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए । बेर्ना बनाएर बोट उमार्न निकै कठिन हुने उनको भनाइ थियो । धामीले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर, डडेलधुराको स्याउलेदेखि धनगढी महेन्द्रनगरसम्म निर्यात गर्दै आएक छन् । यहाँ उत्पादन भएका र गाउँघरबाट पनि उत्पादित ओखर सङ्कलन गरेर पनि बजारसम्म पु¥याउने काम पनि गर्दै आउनुभएका धामीले आफ्नो मात्रै ओखर बेचेर वार्षिक रु दुई लाखसम्म आम्दानी हुनेगरेको बताए ।

ओखर खेतीले पछिल्लो समय राम्रो बजार लिइरहे पनि स्थानीय सरकारले यसका लागि कुनैपनि पहल नगरेको अर्का किसान शिवसिंह धामीले बताए । उक्त वडामा मात्र बर्सेनि २५लाखदेखि ३० लाखभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ भने मालिकार्जुन गाउँपालिकाको केही भू–भागमा पनि ओखर निक्कै फल्ने गर्दछ ।

सरकारले ओखरखेतीमा केही सहयोग गरे आफूहरु झन आकर्षित हुने सम्बद्ध किसानको भनाइ थियो । सरकारले विसं २०७८देखि दार्चुलालाई ओखर पकेटक्षेत्रका रुपमासमेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका हुन् । ओखरको बेर्ना सार्न माघ महिनामा उत्तम हुने कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत शिशिर आचार्यले बताए ।

दार्चुलामा एक सय ७५ हेक्टर जमिनमा ओखरखेती गरिए पनि हाल एक सय ५० हेक्टर जमिनमा उत्पादन भइरहेको उनको भनाइ थियो। यस वर्षमा जिल्लामा एक हजार पाँच सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?