आगामी तीन दिन देशभरको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ |
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०८० माघ १ गते (सोमबार)दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी ,कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ
राती देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी ,कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। कोशि र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाग्मति, कर्णालि र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०८० माघ २ गते (मंगलबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखी मुख्यतया सफा रहनेछ।देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। कोशि र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाग्मति, कर्णालि र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार राती देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखी मुख्यतया सफा रहनेछ।कोशी,गण्डकि र कर्णालि प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभाबना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।
